एजेन्सी । जादुगर रोय लुडविग हर्नको शुक्रबार कोरोना भाइरसका कारण अमेरिकाको लस भेगासमा निधन भएको छ । ७५ वर्षीय हर्नले आफ्ना साथी सिगफ्राइड वासवाचरसँग मिलेर जादु देखाउने गरेका थिए । उनीहरुको समूह ‘सिगफ्राइड एन्ड हर्न’ जंगली जनावरलाई बेपत्ता पार्नसक्ने कलाका कारण चर्चित थियो ।
गत अप्रिलमा हर्नमा कोरोना देखिएको थियो र उनी अस्पतालमा भर्ना भएका थिए । ‘विश्वले एक महान् जादुगर र मैले असल साथी गुमाएको छु , सिगफ्राइड फिसवाचरले विज्ञप्ती निकाल्दै भनेका छन् ।
१९४४ मा जर्मनीमा हर्नको जन्म भएको थियो । क्रुज सपमा काम गर्दै गर्दा उनले सिगफ्राइडलाई भेटे । यसपछि नै उनीहरुको ५० वर्ष लामो जादुगरी सहकार्य सुरु भयो ।
लास भेगासमा यी जादुगरहरु जंगली जनावरसँगको सहयात्रामा जादु गरेर चर्चामा आएका थिए । उनीहरुले बाघ, सेतो सिंह, चितुवा र हात्तिसम्मलाई बेपत्ता पारेर गायब गरेर आफ्नो कला देखाएका थिए ।
हर्नको सबैभन्दा यादगार प्रस्तुती ३ अक्टुबर २००३ मा थियो । जब एउटा सेतो बाघले उनलाई मञ्चबाटै घिसारेर लगेको थियो । त्यसयता, मान्टेकोर नामको यस बाघलाई उनले आफ्नो ‘जीवनदाता’ भने । अनि, घटनाको ५ वर्षपछि सिगफ्राइड र रोयले लास भेगासमा सेक्रेट गार्डेन एन्ड डल्फिन ह्याबिटेट नामक आश्रयस्थल खोले, जहाँ उनीहरुले आफ्नो टिमका सेतो बाघ र अन्य जंगली जनावरलाई राखेका थिए ।
‘अफ्टेरा कुरालाई चुनौती दिनु नै रोयको जीवन थियो । उनी आफ्नो कला र जनावर संरक्षणमा देखाएको प्रतिवद्धताका कारण विश्व प्रसिद्ध भए,’ सिगफ्राइडले विज्ञप्तीमा भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ बैशाख २०७७, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति