यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ११ माघ २०८१, ०७ : ४१
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ। निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ।

यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनरको भाउ भने घटेको छ। यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ६४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ७३ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ १५ पैसा र बिक्रीदर एक सय ७० रुपियाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ १९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ८५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ५४ पैसा र बिक्रीदर ८६ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ९२ पैसा र बिक्रीदर ९६ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ २१ पैसा निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस