विरगंज भन्सारबाट साढे ४ अर्बको औषधी आयात

पत्रपत्रिकाबाट

शुक्रबार, २६ बैशाख २०७७, ०८ : ०१
विरगंज भन्सारबाट साढे ४ अर्बको औषधी आयात

काठमाडौं । देशकै प्रमुख भन्सार नाका वीरगन्जको लकडाउन अवधिमा राजस्व असुली  प्रभावित भए पनि लकडाउनको समयमा साढे ४ अर्बको अत्यावश्यक औषधि आयात भएको छ । 

वीरगन्ज भन्सार नाकाबाट भारतका विभिन्न राज्य हुँदै विनाकुनै समस्याका साथ नेपालमा औषधि आयात भएको हो । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गरेको लकडाउनमा अत्यावश्यकबाहेकका अन्य सामग्रीको आयात कमी आए पनि औषधि आयातमा भने वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस