पृथक साहित्य समाज चितवनको अध्यक्षमा राजेन्द्र घायल चयन

बुधबार, ०९ फागुन २०७४, १८ : २२
पृथक साहित्य समाज चितवनको अध्यक्षमा राजेन्द्र घायल चयन

चितवन । पृथक साहित्य समाज चितवनको पुर्नगठन गरिएको छ । कवि तथा साहित्यकार राजेन्द्र घायललाई पुर्नगठित समितिको अध्यक्षमा चयन गरिएको छ ।

समितिको उपाध्यक्ष रामशरण थपलिया, रोहिणी लोहनी, सचिवमा लक्ष्मण बर्तौला, सहसचिवमा ज्ञानु उपाध्याय, कोषाध्यक्षमा राजेश रुम्बा रहेका छन् । भने सदस्यहरुमा मन्जु लामा, दिनेश परियार, उल्लासकान्त मैनाली,रमेश लामिछाने,रुद्रराज कँडेल र धनराज सिलवाल चयन भएका छन ।

राजेन्द्र घायलले भने "संस्थाले पृथक साहित्यक त्रैमासिक पत्रिका प्रकाशन गर्ने तयारी गरेको छ ।" २०७१ सालमा स्थापना भएको सो संस्थालाई अझै जुझारु ब्नाउन पुर्नगठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस