जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ७४ करोड

बुधबार, ०९ फागुन २०७४, १७ : ०२
जनकपुर उपमहानगरपालिकाको बजेट १ अर्ब ७४ करोड

धनुषा । जनकपुर उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने भएको छ । महानगरपालिकाको बुधबार बसेको प्रथम नगरसभाले नगर क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने प्रस्ताव पारित गरेको हो । उपमहानगरपालिकाका मेयर लालकिशोर साहले चालू आर्थिक वर्षका लागि १ अरब ७४ करोड ५१ लाख ४० हजार रुपैँया बजेट प्रस्तुत गरेका थिए ।

बजेटले नगर क्षेत्रको पूर्वाधार विकासलाई विशेष जोड दिने मेयर साहले जानकारी दिए । त्यसैगरी फोहोरमैला व्यवस्थापन र ढल निर्माणको कामलाई पनि उपमहानगरपालिकाले प्राथमिकता दिनेछ । धार्मिक पर्यटकीय नगरी जनकपुरलाई अझै व्यवस्थित बनाउने गरी मठमन्दिर निर्माणको कामलाई अघि बढाउने योजना पनि तय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

मेयर साहले सामाजिक विकास, वातावरण संरक्षण र स्वच्छ पर्यटकीय नगरी आफूहरुको प्राथमकिता रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस