सुर्खेत । प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सुनारमाथि दुई महिना अघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन् । सुनार सो समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘विप्लव’ले बोलाए समाजवादी मोर्चाको बैठक
विप्लवको नेतृत्वमा रोपाइँ महोत्सव
जनयुद्धका क्रममा राज्यबाट पीडित भएका जनताले पनि क्षतिपूर्ति पाउनुपर्छ : विप्लव
‘नेताहरुले श्रम गर्न छोडे, चन्दाको पछि दौडे’ : विप्लव
जनकम्युन अवलोकनका लागि विप्लव चितवनमा
माधव नेपाल र नेकपा महासचिव विप्लवबीच भेट