जनकम्युन अवलोकनका लागि विप्लव चितवनमा

सफल खबर संवाददाता

शनिबार, २६ जेठ २०८१, १६ : ०३
जनकम्युन अवलोकनका लागि विप्लव चितवनमा

चितवन ।  नेकपाका  महासचिव नेत्रविक्रम चन्द विप्लव चितवनको माडी पुगेका छन् ।  चितवनको माडीमा पार्टीले सञ्चालन गरेको जनकम्युन अवलोकन गर्न महासचिव विप्लव आफ्नो सचिवालय टिमसहित शनिवार चितवन पुगेका हुन् ।

नेकपाले चितवनको माडीमा २० विघा क्षेत्रफलको जग्गा लिई जनकम्युन सञ्चालन गर्दै आएको विप्लव निकट पत्रकार सङ्गठनका अध्यक्ष प्रकाश डुम्रेले बताए । 

 

biplab-jan-c (2)नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय उत्पादन विभाग गठन गरी पार्टीका विपिएम सन्देश पौडेललाई मुख्य जिम्मेवारी तोकेको छ । चितवनका स्थायी बासिन्दा समेत रहेका पौडेलको नेतृत्वमा २० बिघा क्षेत्रफलको जग्गामा ५ बिघामा  माछा फर्म सञ्चालन गरिएको छ भने ४ विघामा चैते धान ,करिब ४ विघा क्षेत्रमा मकै, कृषि औजार र सिँचाइका लागि आधुनिक बोरिङ गाडिएको छ ।

biplab-jan-c (3)सोही क्षेत्रमा रहेको विभागीय कम्युनमा विप्लवले शुक्रबार र शनिवार अवलोकन गर्नुका साथै यसलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा स्थानीय पार्टी नेतृत्वसँग छलफल गरेका थिए । नेकपाले चितवन, पूर्वको सुनसरी, झापा, पश्चिम नेपालको बाँके, बर्दिया र पार्टी मुख्य कार्यालय रहेको कपिलवस्तुमा समेत ठुलो क्षेत्रमा पार्टी नेताहरूको सहभागितामा खेतीपाती गर्दै आएको छ ।

biplab-jan-c (5)biplab-jan-c (4)