सांसदहरुको सपथ ग्रहण फागुन २० मा

बुधबार, ०९ फागुन २०७४, ११ : २४
सांसदहरुको सपथ ग्रहण फागुन २० मा

संघीय संसद् सचिवालयले संसदका सांसदहरुको सपथ ग्रहण फागुन २० गते हुने कार्यक्रम तय गरेको छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउने व्यवस्था छ ।
सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्र्रमाणपत्रसहित आउन आग्रह गरेको छ ।

कुनै पनि सांसदले मातृभाषामा शपथ लिन चाहेमा पनि व्यवस्था गरेको सचिवालयले जनाएको छ । तर तीनदिनअघि नै मातृभाषामा अनुवाद गरी प्रतिसहित संसदका महासचिवलाई बुझाउनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस