अग्निप्रसाद खरेल महान्यायधिवत्ता नियुक्त

बुधबार, ०९ फागुन २०७४, १० : ३४

प्रधानमन्त्री केपी ओलीको सिफारिसशमा राष्ट्रपति विद्यादेवी भण्डारीले झापाका वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी छन्  ।

नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपाल ल क्याम्पसबाट २०४१ सालमा कानुनमा स्नातक गरेका खरेलले २०४२ सालमा वकालत शुरु गरेका थिए  । विसं २०६८ मा वरिष्ठ अधिवक्ताको पदवी प्राप्त गरेका खरेल विसं २०४५ मा नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य र २०५४ सालमा बारको महासचिव भएका थिए  ।

त्यसैगरी, २०४७ सालको संविधान निर्माणमा एमाले नेता माधवकुमार नेपालको कानुनी सहयोगीका रुपमा काम गरेका उनी  २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका सदस्य, २०६४ र २०७० सालमा संविधानसभा सदस्य, नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक भए  । उनले  संविधान लेखनका क्रममा विभिन्न मस्यौदा समितिमा रहेर काम गरे ।

२०७२ सालमा केपी शर्मा ओली नेतृत्व सरकारको कानून, न्याय तथा संसदीय मामिलामन्त्री र करिब एक महिना शिक्षामन्त्रीका रुपमा समेत काम गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस