काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकमा लकडाउनपछि दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिकस्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल हुने बताइएको छ ।
कोरोना रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू भएपछि काँग्रेसको केन्द्रीय समिति बैठक पहिलोपटक बस्न लागेको हो । काँग्रेसको पार्टी पदाधिकारी बैठक भने यस अवधिमा तीनपटक बसिसकेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
देउवाद्वारा काँग्रेसको भूपू सैनिक विभागमा १० सदस्य मनोनीत
उपसभामुखबारे साझा धारणा बनाउने कांग्रेसको निर्णय
कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत
काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी
महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रस्तावमा कांग्रेस सहमतिनजिक
शुरू भयो कांग्रेस केन्द्रीय समिति बैठक