काठमाडौं । रोगको संक्रमण जोखिम बढेपनि काठमाडौँ उपत्यका लगायत मुलुकभर लकडाउन उल्लंघन गर्ने क्रम भने रोकिएको छैन । एक त आआफने कामको शिलशिलामा र घर जाने बहानामा मानिसहरु बाहिर निस्किने क्रम देखिएको छ भने आफुखुसी उल्लंघन गर्ने क्रम समेत रोकिएको छैन ।
रमाइलोमा निस्कने, अबस्था कस्तो छ भनेर बाहिर जाने क्रम देखिएको र यस्तोलाई भने कारवाही गर्नै गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले जानकारी दिए । त्यसैले पनि दैनिक रुपमा उपत्यकामा मात्रै कम्तिमा दुई हजार मानिस कारवाहीमा पर्ने गरेका छन् ।
काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ४२ महिलासहित १९ सय ४१ जनालाई आज नियन्त्रणमा लिएर कारवाही गरिएको छ । आज विहान ६ बजे देखि बेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।
यसै गरी ३ सय ९१ वटा दुई पाङ्ग्रे र ३४ वटा चारपाङग्रे गरी ४ सय २५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंमा सबै भन्दा बढी १६ सय ५३, ललितपुरमा १ सय ७७ र भक्तपुरमा १ सय ११ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
मुलुकमा गएको चैत ११ गतेदेखि कोभिड १९ रोगको संक्रमण फैलन नदिन सरकराले लकडाउन गरेको थियो । लकडाउनको आज ३० दिन पुरा भएको छ । यो समयमा मुलकुमा ४५ जनामा कोरोना संक्रमण भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०७७, १९ : ४९
लेखकबाट थप