आरडिटी परिक्षणमा एकजनाको रिपोर्ट पोजिटिभ

बुधबार, १० बैशाख २०७७, ०९ : ३१
आरडिटी परिक्षणमा एकजनाको रिपोर्ट पोजिटिभ

file photo

काठमाडौं । कैलालीमा आरडीटी परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको बर्दगोरीया  गाउँपालिका–३ का १९ वर्षीय एक युवामा मंगलबार कोरोनाको आशंकामा आरडीटी जाँच गर्दा रिपोर्ट पोजिटिभ आएको हो । 

उनको आरडीटी टेष्ट २ पटक गर्दा पनि पोजेटिभ नै आएको गाउँपालिकाले जनाएको छ भने उनको पीसीआरका लागि नमुना सेती प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस