अपराध नियन्त्रणमा सहकुलको एक वर्ष : यी हुन उल्लेख्य काम

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०७७, ०९ : ४२
अपराध नियन्त्रणमा सहकुलको एक वर्ष : यी हुन उल्लेख्य काम

काठमाडौँ । एक वर्ष महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी पाएका तत्कालिन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापा सोमबारदेखि प्रहरी नायव महानिरीक्षक (जिआइजी) बनेका छन् । उपत्यकाको शान्ति सुरक्षा र अपराध अनुसन्धान न्युनिकरण गर्ने दायित्व बोकेको महाशाखामा उनको १२ महिने कार्यकालमा कस्ताकस्ता काम गरे । उनको कामको बारेमा यहाँ केही उल्लेख गरिएको छ । उनले केही देखिने काम समेत गरेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयले अहिले केन्द्रीय अनुसन्धान व्यूरोमा खटाएको छ ।

जल्दोबल्दो घटना भनेको  सुलभ अग्रवालकै हो । हालै लकडाउनका बेला धेरैले त्यसलाई आफ्नो दुनो सोझ्याउन प्रयोग गरे । व्यापारिक घराना र एक देशको कन्सुलर समेत रहेका सुलभ अग्रवाल त्यही मध्यका एक हुन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको ज्वरो जाँच गर्न प्रयोग हुँदै आएको थर्मल गनको उनले कालो बजारी गरेको फेला पर्यो । अभावको फाईदा उठाई प्रतिगोटा रु ३ हजारदेखि ५ हजारसम्म मुल्य पर्ने थर्मल गन प्रतिगोटा रु १५,००० का दरले बिक्री गर्ने गरेकामा मिति चैत २५ गते थर्मल गन ६७ थानसहित उनी पक्राउ गरेका छन् । अहिले कानुनी कारवाहीकै क्रममा छन् ।  

पूर्व मन्त्री वास्कोटाको घरमा बम बिष्फोटन गर्ने पक्राउ 
फागुन २८ गते  भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. १ लोकन्थलीमा रहेको पुर्व संचारमन्त्री गोकुल प्रसाद बास्कोटाको निर्माणाधिन तिनतले पक्की घरको पुर्ब पट्टिको गेटमा बम बिष्फोटन भएको घटनामा संलग्न लक्ष्मण सेठी, अमृत बहादुर कुमाल र टेक विकलाई चैत ६ गते काठमाडाँै बिभिन्न स्थानहरुबाट पक्राउ गरिएको ।    उनीहरु अहिले कारवाहीको दायरामा छन् ।

रेडपाण्डाको छाला सहित मानिसहरु पक्राउ 
काठमाडाँैको कपन खरिबोट एरियामा सुर्य बहादुर भुजेल समेतका व्यक्तिहरुले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको अवैध रुपमा ओसापसार गरी ल्याई कारोवार गर्ने कार्यमा संलग्न भएका सुर्य बहादुर भुजेल, सुन बहादुर लामा, युवराज सापकोटा र कमला तामाङलाई मिति फागुन १२ गते जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नपा वडा १२ कपन खरिबोटबाट रेडपाण्डाको छाला थान–१ फेला पारी पक्राउ गरिएको थियो ।

डाँका घटनामा संलग्न मानिसहरु पक्राउ 
 बच्चुराम गुरुङसँग वेदबहादुर गुरुङ भन्ने भीमबहादुर घर्तिमगरले चिनजान गरी बहुमुल्य वल्ने ढुङ्गा ५० लाख लगानी गर्नुस् ५ करोड तपाईलाई फाईदा दिन्छु भनि विश्वास दिलाई मिति माघ ९ गते रु ५०,००,००० रकम वोक्न लगाई ट्याक्सीमा राखी बाटो ढुकी बसेका व्यक्तिहरु समेतले खुकुरी, फलामे स्टिक देखाई कुटपिट गरी घाईते बनाई आखामा खोर्सानीको धुलो छरी लडाई बच्चुराम गुरुङले बोकेको रु ५०,००,००० राखेको जेव्रा व्याग समेत जवरजस्ती डाँका गरी फरार घटनामा संलग्न रहेको तेन्जिङबहादुर तामाङ, सन्जित वाईवा, कुमार वुढाथोकी र वेद बहादुर गुरुङ भन्ने भिमबहादुर घर्तिमगर र दावा छिरिङ तामाङ लाई मिति माघ १० गते काठमाण्डौको बिभिन्न ठाउँहरुबाट पक्राउ गरिएको ।

सार्बजनिक सवारी साधनमा आफ्नो लिङ्ग निकाली हस्तमैथुन समेत गरी महिलाको कपाल तथा शरिरमा बिर्य स्खलन गराई अश्लिल भिडियो बनाउने पक्राउ गरिएको छ । कम्प्युटर, ईन्टरनेट लगायतका बिद्युतिय संचार माध्यममा सार्बजनिक नैतिकता, शिष्टाचार बिरुद्ध महिलाहरुप्रति घृणा वा द्वेष फैलाउने उदेश्य राखी सार्बजनिक सवारी साधनमासरय यात्रा गर्ने अपरिचित महिलाहरुलाई सोही बसमा यात्रा गर्ने रबिन रुचाललाई उक्त कार्य गरेको खुल्न आई निजलाई मिति पुस २८ गते जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ७ कृष्णपुरबाट पक्राउ गरिएको ।

पेस्तोल र गोली सहित ३ जना व्यक्तिहरु पक्राउ
 काठमाण्डौ उपत्यका भित्र केही व्यक्तिहरुले गैरकानूनीरुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने सूचना यस महाशाखामा प्राप्त हुन आई खटिएको टोलीले कारोवारीहरुको निग्रानी राखी खोजतलास गर्दै जाँदा गैरकानूनीरुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने कार्यमा संलग्न रहेका देवेन्द्र भण्डारी,े सुमन खड्का र मनोज कुमार बस्नेतलाई कार्तिक ७ गते म्याग्जिनसहितको पेस्तोल १ र सो पेस्तोलको म्याग्जिनमा लोड भएको अवस्थामा गोली ४ राउण्ड सहित पक्राउ गरिएको ।

ठगी गर्ने सप्लायर्सहरु पक्राउ 
काठमाण्डौको विभिन्न स्थानमा निर्माण सामाग्री सप्लायर्सहरुबाट भौतिक संरचना निर्माण गर्ने उपभोक्ताहरुलाई बिक्री गर्दै आएको रोडा, गिट्टि, माटो, बालुवा, ईट्टा समेतका सामाग्रीहरुको मुल्य गर्दा पुरा गाडीको मुल्य लिई सामान ढुवानी गर्ने गाडीहरुमा ढुवानी गर्दा कम परिणामको सामान जाने गरी बक्स गाडीमा फीट गरी कम सामाग्री पठाई उपभोक्तालाई बिश्वासमा पारी झूक्याई आफूहरुले लाभ लिई उपभोक्तालाई हानी र्पुयाई ठगी गर्ने सप्लायर्सका संचालक २३ जना र ढुवानी गर्ने साधन ३५ थान सहित  पक्राउ गरिएको ।

वैंकलाई हानी नोक्सानी पु–याउने पक्राउ  
कृषि विकास बैंकको मुख्य कार्यालयको तर्फबाट कानून बिभागका का.मु. शाखा प्रमूख देबी प्रसाद पोखरेल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी श्रवन कुमार श्रेष्ठ समेत भएको संगठित अपराध समेतको कसूरमा श्रवन कुमार श्रेष्ठ समेतका अपराधिक समुहले संगठित भई बैंकको सिस्टममा बिद्युतिय माध्यमको दुरुपयोग गरी अनाधिकृत पहुच राखि प्रतिबादीहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु–याएको घटनामा संलग्न रहेका ११ जना ब्यक्तिहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको ।

महिलाहरुलाई तिखो बस्तुले खोपी घाईते बनाउने पक्राउ
मिति अघिल्लो सालको बैशाखमा १ मा वाफलमा गंगा पाण्डेलाई, १५ गते डल्लुमा कमला मगरलाई, र २९ गते डल्लुमा आकृती शाही समेतलाई मोटरसाईकलमा आएको अपरिचित व्यक्तिले फलामको काँटी जस्तो तिखो वस्तुले खोपेर घाईते बनाएको ।
 जेठ २० मा डल्लुमा ममता पुनलाई र ऐ २२ गते पकनाजोलमा ईभा मानन्धरलाई मोटरसाईकलमा आएको अपरिचित व्यक्तिले तिखो बस्तुले खोपी घाईते बनाई समाजमा आतङ्क सृजना गरी फरार रहेको घटनाको अनुसन्धानको सिलसिलामा यस महाशाखा र महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले घटनामा संलग्न रहेका सन्तोष कार्कीलाई बा ४७ प १३३१ सहित पक्राउ गरी गरिएको  ।  

वहुमुल्य सामानको नाममा ठगी गर्ने व्यक्तिहरु पक्राउ
 जिल्ला खोटाङ दिक्तेल रुपाकोट मजुवागढी न.पा. वडा नं. १० घर भई का.जि. का.म.न.पा. वडा नं. १० बानेश्वर बस्ने शान्ता कुमारी राईलाई वेलायती नागरिक वताउने व्यक्तिले सामाजिक सुटकेशमा उपहार र २० हजार पाउण्ड पठाएको छु भनि कुरियर गरेको रसिदको फोटो समेत पठाई भन्सार छुटाउनको लागि भनि फोन गरी रमेश खड्का समेतका व्यक्तिहरुको बैंक खाता नम्वर पठाई पटक पटक गरी जम्मा रु २४,३०,०५० जम्मा गर्न लगाई ठगी गर्ने रमेश खड्का, विशेश्वर प्रसाद तिवारी र सन्दिप कलवारलाई मिति मंसिर १३ गते पक्राउ गरिएको थियो ।

नक्कली पत्थरहरुको कारोवारी पक्राउ ः काभ्रेपलान्चोक जिल्लाको पनौती एरियामा गैरकानूनीरुपमा राजश्व छली गरी हिरा (डायमण्ड) समेतका पत्थरहरुको ओसारपसार गरी कारोबार गरिरहेको सूचनाको आधारमा यस महाशाखाबाट खटिएको टोलीले मिति २०७६।०८।१२ गते जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं. ४ बासडोल टोलबाट  नबराज खड्का, हरी खापुङ, भिम बहादुर लामा, यम बहादुर गिरी, लोक बहादुर सार्कीलाई फेला पारी पक्राउ गरिएको छ । 

हत्यामा संलग्न व्यक्ति पक्राउ 
२०७५ भदौ ५ गते रातीको समयमा जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं.११ थापाथली कुरियागाँउ बस्ने केशवराज झालाई कर्तब्य गरी मारेको ज्यान सम्वन्धी कसूरमा जिल्ला काभे्रपलान्चोक पनौती नगरपालिका वडा नं.१० खोपासी बस्ने बर्ष ५२ को सानुकान्छा तामाङको संलग्नता रहेकोभन्ने बुझिन आई जिल्ला प्रहरी कार्यालय काभे्रपलान्चोक एबं प्र.चौ पनौतीसँग समन्वय गरी मिति २०७६।०४।३१ गते निज सानुकान्छा तामाङलाई पक्राउ गरी ज्यान सम्वन्धी कसूरमा मुद्दा चलाईएको थापाले बताए ।

जापानी नागरिकको कोठामा डाँका गर्ने पक्राउ 
मिति गत असार ३ गते काठमाडौँको तिनचुलेस्थित जापान नेपालको लागि एक्पोर्ट ईम्पोर्टको व्यापार व्यवसाय गरी बस्दै आएकी जापानिज नागरिक लाई सात आठ जनाको  समुहले धारिलो हतियार खुकुरी देखाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाईते बनाई नगद रु. ६,००,०००, यूरो डलर ७००, हङकङ डलर २,०००, जापानी येन ८०,०००, चाईनिज मुद्राहरु, दुई तोलाको सुनको सिक्री १ थान र ४ तोलाको १ थान, तिन दानाको सि माला,े ल्यापटप, लगायत धनमालहरु डाँका गरी लगेका थिए । उक्त घटनामा संलग्न रहेका सोनाम तामाङ, दोर्जे लामा, दिनेश कार्की, गोबिन्द लामा र श्याम, कवाङ भन्ने नेवाङ लामालाई पक्राउ गरिएको । 

बम बिष्फोटन गराउने पक्राउ 
२०७५ फागुन ११ गते  ललितपुर जिल्लाको नख्खुमा रहेको एनसेल कार्यालय अगाडि बम बिष्फोटन भई सिंग बहादुर गुरुङको मृत्यु भएको, अन्य दुई जना घाईते भएको घटनामा नेपाल कम्यनिष्ट पार्टी विप्लव समुहका ब्यक्तीहरुको संलग्नता रही फरार रहेका मध्येका विप्लव समुहका उपत्यका व्यूरो ईन्चार्ज प्रज्वल भन्ने माईला लामा र शेर्पा भाई, छिरिङ, दोर्जे शेर्पा भन्ने दोर्ची शेर्पा समेतलाई पक्राउ गरिएको ।

 

प्रतिक्रिया दिनुहोस