‘आर्थिक विकास नेपाल र नेपालीको लक्ष्य’

मंगलबार, ०८ फागुन २०७४, १४ : ३८
‘आर्थिक विकास नेपाल र नेपालीको लक्ष्य’

काठमाडौँ । बेलायतको प्रतिनिधिसभाका सदस्य क्रिस डेभिसले आर्थिक विकास नेपाल र नेपालीको अहिलेको लक्ष्य हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार संयुक्त अधिकारज्यको वेल्सको राजधानी कार्डिफमा आयोजित समारोहमा उहाँले बेलायत र नेपालबीचको दुईसय वर्षभन्दा पुरानो दौत्य सम्बन्धको चर्चा गर्दै आर्थिक समृद्धि नेपालको अहिलको मुख्य लक्ष्य हुनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा बेलायतका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल आर्थिक विकासको मार्गतर्फ अग्रसर भइरहेकाले देश बाहिर रहेका नेपालीद्वारा आर्जित पुँजी, शिक्षा, दक्षता र अनुभव मातृभूमिको समृद्धिमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

वेल्सको संसद्का सदस्य, कार्डिफ, ब्रेकन, बनाथ नगरका प्रमुख गैर आवासीय नेपाली संघ, बेलायतमा क्रियाशील नेपाली संघ संस्था र समाजका पदाधिकारीको सो समारोहमा उपस्थिति रहेको लण्डनस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस