इजरायली अतिथिसंग साहित्यिक अन्तर्कृया

मंगलबार, ०८ फागुन २०७४, १४ : ३४

काठमाडौँ । साहित्य संघ नेपाल (लान) को आयोजनामा सोमबार यहाँ एक साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका अतिथि वक्ताहरु तथा उपन्यासकार डा डोरित सिल्भरम्यान र बालसाहित्य लेखक स्मन्दर शिरले हिब्रु भाषा तथा इजरायलको साहित्यिक प्रवृत्तिबारे प्रवचन दिनुभएको थियो ।

उहाँहरुले कसरी हिब्रु साहित्य भगवान र आस्थाबाट पारिवारिक तथा राष्ट्रिय मुद्वातर्फ परिवर्तन हुँदै गयो भन्नेबारे बोल्नुभएको थियो ।

इजरायली राजदूत वेन्नी ओमरले इजरायल र नेपालका लेखक र अनुसन्धानकर्ताबीच विचार आदानप्रदानबाट दुईदेशबीच सांस्कृतिक सम्बन्ध सुदृढ हुने बताउनुभयो ।

उहाँले भविष्यमा पनि सिर्जनात्मक कार्यक्रम आयोजनाको पहल गरिने वचनबद्धता प्रकट गर्नुभयो । कार्यक्रमको अन्त्यमा नेपाली लेखक तथा इजरायली अतिथिबीच अन्तरक्रिया भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस