सरकार मिसन ओरियन्टेड हुन्छ : ज्ञवाली

मंगलबार, ०८ फागुन २०७४, १४ : १३
सरकार मिसन ओरियन्टेड हुन्छ : ज्ञवाली

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले यो सरकार मिसन ओरियन्टेड हुने बताएका छन् ।

काठमाडौमा भएको साक्षात्कारमा बोल्दै ज्ञवालीले भने १०–५ कार्यालय आउने–जाने, रिवन काट्ने, पूजा गर्ने काम हुँदैन, किनकी यो सरकार अग्निपरिक्षामा छ। उनले सुशासन र आर्थिक समृद्धि हाँसिल गर्नको लागि सरकारले दत्तचित्त भएर काम गर्ने पनि विश्वास दिलाए ।

उनले सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गर्ने र तिव्र आर्थिक वृद्धि हाँसिल गर्ने रहेकोले त्यसको लागि समावेशीतासहितको योग्यतम टिम पठाउनेपनि स्पष्ट पारे

भोलि नै मन्त्रिमण्डलले पूर्णता पाउने पनि ज्ञवालीले स्पष्ट पारेका छन् । हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिश गरिसकेको छ, अब कतिपय मन्त्रालयहरु मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन् ।’

 

प्रतिक्रिया दिनुहोस