‘नेकपा’ नाम राखेपछि विप्लव रुस्ट

मंगलबार, ०८ फागुन २०७४, १३ : ५०
‘नेकपा’ नाम राखेपछि विप्लव रुस्ट

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीको नाम चोरेको भन्दै एमाले माओवादीको प्रतिकार गर्ने जनाएका छन् ।

विप्लवको जनवर्गीय संगठन इञ्चार्ज मोहन कार्कीले एमाले माओवादीले राजनीतिक संस्कार नदेखाएको भन्दै वैचारिक र सांस्कृतिक रुपले प्रतिकार उत्रने बताएका छन् ।

एमाले र माओवादीले एकीकृत भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०’ राख्ने निर्णय गरेका छन्, जुन नाम विप्लव नेतृत्वको पार्टीसँग हुबहु मिल्छ ।

यता चितवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने आफुहरुको पार्टी नै आधिकारिक र वैधानिक भएको दाबी गरे ।

नाम मात्रैका नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व छैन, उनले बताए।

प्रतिक्रिया दिनुहोस