पार्टी एकताको प्रभाव दक्षिण एसिया र विश्वभर पर्नेछ : प्रचण्ड

मंगलबार, ०८ फागुन २०७४, १२ : ५५
पार्टी एकताको प्रभाव दक्षिण एसिया र विश्वभर पर्नेछ : प्रचण्ड

चितवन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको १२ घण्टा नबित्दै मंगलबार बिहान चितवन आइपुग्नु भएका एकीकृत पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एकताको प्रभाव दक्षिण एसिया र विश्वभर पर्ने बताउनु भएको छ ।
प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले मंगलबार भरतपुर विमानस्थलमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । ‘पार्टी एकता हुन्छ कि हुँदैन ? वामपन्थीको बलियो सरकार बन्छ कि बन्दैन ? देश समृद्धितिर जान्छ कि जाँदैन ? भन्ने अन्यौल अब समाप्त भएको छ’ गुणात्मकरुपले नै दुई पार्टीलाई एकतावद्ध गर्न सफलता मिलेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो आमनेपाली जनताको निम्ति खुसीको कुरा हो । यसको प्रभाव दक्षिण एसिया र विश्वभर पर्नेछ ।’

पार्टी एकता टुंगोमा पु¥याउने काम असाधारण किसिमले सम्पन्न भएको बताउँदै अध्यक्ष प्रचण्डले यसलाई दूरगामी परिघटनाको रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो । सोमबार मध्यरातमा भएको पार्टी एकता सम्बन्धी सातबुँदे सहमतिपको रुपमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो । सोमबार मध्यरातमा भएको पार्टी एकता सम्बन्धी सातबुँदे सहमतिपछि दुबै पार्टीमा अब कुनै किसिमको असन्तुष्टि बाँकी नरहेको उहाँको भनाइ थियो ।

गत असोजमा वाम गठबन्धन निर्माणसँगै गरिएको पार्टी एकताको संकल्प अहिले पूरा भएको जानकारी गराउँदै एकीकृत पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आउने दिन सफलताका नयाँ दिन हुने बताउनु भयो । ‘आउने दिन सफलताका नयाँ दिन हुनेछन्’ उहाँले भन्नुभयो, ‘यस अर्थमा सबैले सबैले खुसी मनाउन सक्छौं । नेपाली जनताको हितमा राष्ट्रको समृद्धिको पक्षमा हामीले यो काम गरेका हौं ।’

व्यावहारिकरुपमा पार्टी एक भइसक्यो
एकीकृत पार्टीका अध्यक्ष प्रचण्डले दुबै पार्टी अब करिब करिब एउटै पार्टी भइसकेको बताउनु भयो । ‘निर्वाचन आयोगमा गएर नयाँ पार्टी दर्ता नगरेसम्म कानुनीरुपमा पार्टी एक भयो भन्न त मिल्दैन’ उहाँले भन्नुभयो, ‘व्यावहारिकरुपमा पार्टी एक भइसकेको  पार्टी एक भइसकेको छ ।’
पार्टी एकतापछि दुई वर्षभित्रै एकताको महाधिवेशन गरिने जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एकीकृत पार्टीको मधाधिवेशनसम्म कमरेड केपी ओली र म दुबै जना पार्टी अध्यक्ष रहन्छौं । एउटा बैठकको अध्यक्षता कमरेड ओलीले गर्नु हुनेछ, अर्को बैठकको अध्यक्षता मैले गर्नेछु । को–चेयरको अभ्यास विश्वका अन्य पार्टीमा पनि भएको छ । हामीले पनि त्यस्तै अभ्यास गर्न लागेका हौं ।’

सरकारमा सहभागी आजै
अध्यक्ष प्रचण्डले ओली सरकारमा आफ्ना दुई जना नेतालाई आजै (मंगलबार) सहभागी गराउने बताउनु भयो । ‘को को जानुहुन्छ भन्ने तय भइसकेको छैन’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘आजैको दिन सरकारमा हाम्रो सहभागिता रहन्छ । यसपछि बिस्तारै सरकारले पनि पूर्णता पाउने छ ।’
एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएपनि यही नाम गरेका अन्य पार्टी पनि छन् नि भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नाममात्रका नेपाल कम्युनिष्ट पार्टी अरु पनि होलान् । वैधानिक र राष्ट्रिय हैसियत भएको नेपाल कम्युनिष्ट पार्टी यहीमात्र हुनेछ । अन्य कम्युनिष्ट पार्टीलाई पनि एकीकरण गर्ने पहल गरिरहेका छौं ।’
अन्तरिम विधान निर्माण र सांगठनिक संरचना मिलाउन कार्यदल बनाइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले कार्यदलको प्रतिवेदन आएपछि औपचारिक रुपमा पार्टी एकीकरणको घोषणा गरी निर्वाचन आयोगमा पार्टी दर्ता गरिने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस