राष्ट्रपतिद्वारा ३ सदस्य राष्ट्रियसभामा मनोनित

मंगलबार, ०८ फागुन २०७४, १२ : ४२
राष्ट्रपतिद्वारा ३ सदस्य राष्ट्रियसभामा मनोनित

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा तीनजनालाई मनोनित गरेकी छन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा डा. युवराज खतिवडा  झापा, रामनारायण विडारी  मकवानपुर र डा. विमला पौड्याल  मोरङलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले सिफारिस गरेका तीनजनालाई राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीनजनाको नाम सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस