पोखरामा बम बिस्फोट, २ जना घाइते

मंगलबार, ०८ फागुन २०७४, १२ : २८
पोखरामा बम बिस्फोट, २ जना घाइते

पोखरा । कास्कीको पोखरामा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । पोखराको विजयपुरमा मंगलबार बिहान साढे ११ बजेपछि बम विस्फोट भएको हो ।
बुधवार नेपाल बन्द आह्वान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।
विस्फोटनमा परि रेडियो गण्डकीका स्टेशनका म्यानेजर तथा पत्रकार घनश्याम पाण्डे घाइते भएका हुन् । उनी प्रेस सेन्टर कास्कीका उपाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस