नेपाली कांग्रेसका युवाको पुनर्जागरण अभियान

सोमबार, ०७ फागुन २०७४, १६ : २१
नेपाली कांग्रेसका युवाको पुनर्जागरण अभियान

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर ‘नेपाली कांग्रेस पुनर्जागरण अभियान’ सुरु गरेका छन् ।

गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल लगायतका नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीलाई पुनर्जागरण अभियान सुरु गरेका हुन् ।

अभियानले तत्काल महासमिति बैठक र महाधिवेशनलाई अर्थपूर्ण बनाउने, देशैभरी सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउने, संविधानको मर्म अनुरुप देश सञ्चालनमा अग्रसरता लिन सक्ने र सरकारले संविधान कार्यान्वयनमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउने बताइएको छ ।

अभियानले संविधान निर्माण पछिको परिवर्तित सन्दर्भमा पार्टीको सैद्धान्तिक प्रष्टताका लागि पार्टीको आदर्श र सिद्धान्तको पूर्नब्याख्या पनि गर्ने बताएको छ । संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिँदो आर्थिक, सामाजिक परिवेश अनुसार संगठनको पूर्नसंरचना गरेर कांग्रेसलाई पूर्ण लोकतान्त्रिक, समावेशी गतिशिल र अनुशासित पार्टी बनाउन संगठनको खाका कोर्ने पनि अवधारण पत्रमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस