काठमाडौँ । ओम्नी ग्रुपबाट विवादास्पद ढंगले किनिएको ७५ हजार र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट प्रयोग गरेर सरकारले कोरोना भाइरस (कोभिड–१९) को आम परीक्षण सुरु गरेको छ । तर यसको विश्वसनीयतामाथि सम्बन्धित विज्ञहरुले सन्देह प्रकट गरेका छन् ।
हाल प्रयोगमा ल्याइएको आरडीटी किट चीनको ग्वान्जाउ वण्डफो बायोटेक कम्पनीले उत्पादन गरेको ‘वण्डफो’ नामक ब्राण्डको हो। यो किटले सामान्य भाषामा भन्नुपर्दा शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भएरनभएको निर्क्योल गर्छ। र, त्यो परीक्षणको नतिजा सकारात्मक भए शरीरमा संक्रमण छ भन्ने हो। यद्यपि यस्ता किटहरुको विश्वसनियताबारे विश्वभर नै प्रश्न उठिरहेका छन्।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक सर जोन बेलले बेलायतमा आयात गरिएका कुनै पनि आरडीटी किट काम लाग्ने नभएको प्रतिक्रिया दिएका छन्। त्यसमा अर्का प्रोफेसर जोन न्यूटनल पनि सहमति जनाएका छन्। उनी बेलायती जनस्वास्थ्यको कोभिड(१९ परिक्षणको प्रमुख हुन्। त्यसमा नेपालमा आयात गरेर अहिले प्रयोगमा ल्याइएको वण्डफो पनि छ।
वण्डफोले ल्याट्रल फ्लो विधिबाट शरीरमा कोभिड–१९ को संक्रमण भएरनभएको पत्ता लगाउँछ। कम्पनीको दाबीअनुसार यसले दिने परिणाम लगभग ९१ प्रतिशत सही हुन्छ। तर, यसले दिने परिणाम केही परिस्थितिमा भर पर्छ। जस्तो कि शरीरमा कोभिड–१९ को संक्रमण भएको कम्तीमा तीन दिनपछि मात्रै वण्डफोमा गरिएको परीक्षण सही हुने दर बढ्छ। तर केहीमा भने सात दिनपछि गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आउने गरेको छ।
संक्रामक रोग विशेषज्ञ डा।अनुप सुवेदी वण्डफोले आफ्नो किटले ९१ प्रतिशत सही रिपोर्ट दिने भनेर गरेको दाबी मान्न तयार भएनन्। उनका अनुसार, अन्य संक्रामक रोगहरुको परीक्षण गर्ने किटहरुले पनि यस्तै दाबी गर्ने गरे पनि त्यसको सही हुने दर भने निकै कम छ। ‘मलेरियालगायत परीक्षण गर्ने किट उत्पादन गर्ने कम्पनीले पनि यस्तै दाबी गर्छन्, तर वास्तविक रुपमा त्यो मिल्दैन,’ सुवेदीले भने।
यस्तै मोलिक्यूलर बायोलोजीका अनुसन्धानकर्ता डा।सन्तोष दुलालका भनाइमा, किटको परीक्षणलाई अनुसन्धानका लागि प्रयोग गरिए पनि कुनै व्यक्तिको परीक्षण गरेर घर पठाउनेरनपठाउने निर्णय गर्न यस्ता किटको प्रयोग उचित होइन। ‘विश्व स्वास्थ्य संगठनले नै पोइन्ट अफ केयर इम्युनोडायग्नोस्टिक टेस्टको प्रयोग अनुसन्धान प्रयोजनका लागि मात्रै गरिनुपर्छ भनेर भनेको छ,’ उनले थपे।
एन्टिबडी पत्ता लगाउने आरडीटीले ‘इम्यूनोग्लोब्यूलिन–एम’ वा ‘इम्यूनोग्लोब्यूलिन–जी’ रगतमा भएरनभएको हेर्ने हो। इम्यूनोग्लोब्यूलिन–एम भनेको शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ। अनि संक्रमण भएको केही सातापछि ९थोरैमा पनि दुई साता० इम्यूनोग्लोब्यूलिन–एमको स्थानमा शरीरले इम्यूनोग्लोब्यूलिन–जी निकाल्न थाल्छ।
सामान्य रुपमा बुझ्दा शरीरमा इम्यूनोग्लोब्यूलिन–एम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने इम्यूनोग्लोब्यूलिन–जी देखिएमा संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ। दुवै देखिएको खण्डमा भने शरीर संक्रमणमुक्त भई नसकेको अवस्था हो।
वण्डफो किटको म्यानुअल हामीले काठमाडौंका एक स्थापित माइक्रोबायोलोजिस्टलाई अध्ययन गर्न दिएका थियौं। उनले दिएको जानकारीअनुसार, उक्त किटले इम्यूनोग्लोब्यूलिन–एम र इम्यूनोग्लोब्यूलिन–जी दुवैमा उत्तिकै संवदेनशील भएर प्रतिक्रिया दिन्छ। यसरी दुवै एन्टिबडीमा प्रतिक्रिया देखाएर सकारात्मक नतिजा दिँदा पक्कापक्की गर्न शंकास्पद व्यक्तिको पीसीआर (पोलिमर चेन रियाक्सन) परिक्षण नै गर्नुपर्छ। कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस