जाजरकोट । सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृत्यु भएको छ ।
शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिनुभयो । असुरक्षितरूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको कार्कीले जानकारी दिनुभयो ।
मृतक रोकायले तेस्रो बच्चा जन्म दिएकी थिइन् । आमाको मृत्यु भए पनि छोरी स्वास्थ र राम्रो भएको बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एक जनाको मृत्यु
करेन्ट लागेर झापामा एक जनाको मृत्यु
कैलालीमा पानीमा डुबेर मृत्यु
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
अवैध सुनखानी भत्किँदा मालीमा कम्तीमा ४८ जनाको मृत्यु
रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो