राम्रा काम हेर्नै नसक्नेले गलत व्याख्या गरे: प्रधानन्यायाधीश

सोमबार, ०७ फागुन २०७४, १५ : २९
राम्रा काम हेर्नै नसक्नेले गलत व्याख्या गरे: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालयमा भएका राम्रा र सुधारका कामको अनुहार हेर्नै नसक्ने व्यक्तिहरु निच तरिकाले प्रस्तुत भएर भ्रमको खेति गरिहेको बताएका छन् ।

बाल सुधार गृह सानोठिमिले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्नका लागि  विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने बताएका छन् ।

पराजुलीले समाजमा आफुलाई अहम र ठुलो ठान्नेहरु नै असभ्यताको खेति गरिरहेको बताए ।
उनले जो कोही होस सभ्यता तर्फ उन्मुख हुनलाई अश्लिलता त्याग्नैपर्ने बताए ।

उनले कसैलाइ केहि लागेको कुरा भन्छ छुट होला तर ति सबै सत्यता र शिष्टतामा आधारित हुनुपर्ने बताए ।

प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र यसले अतिरिक्त समय इजलास सञ्चालन हुँदा महत्वपूर्ण सफलता हाँसिल भएको बताए ।

विगतमा डेढ बर्षसम्म अबरुद्ध रहेको संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषयहरु निरन्तर निरुपण भईरहेको, बालबालिका, जेष्ठ  नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु लगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाई गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस