काठमाडौं । भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले “शिल्ड (एसएचआईइएलडी)” योजना लागु गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोना भाईरस विरुद्धको लडाईका लागि मुख्यमन्त्री केजरीवालले बिहीबार यो योजनाको घोषणा गर्नुभएको हो ।
हामीले कोरोना भाइरसका सङ्क्रमित भेटिएका दिल्लीका २१ ठाउँलाई शिबिर जस्तै बनाउने छौँ, त्यसका लागि शिल्ड योजना लागु गर्नेछौँ, उहाँले भन्नुभयो । सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उहाँले ‘शिल्ड’ एसको अर्थ सिलिङ अर्थात धुरी भित्रै बस्नु, अन्यत्र कतै नजानु भन्न खोजिएको जानकारी दिनुभयो ।
त्यसैगरी आइसोलेसनमा बस्नु पर्नेहरु एकान्तमा नै रहनुपर्ने र त्यसको पर्याप्त व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक सेवा तथा कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिने र त्यो सेवा घरदैलोमै हुन्छ । ग्राहकले भिड गर्न पाईदैन भन्ने हो ।”
स्थानीयस्तरबाट सरसफाई र स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु र ढोका भित्रै परीक्षणको व्यवस्था गरिने पनि उहाँले कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो । यी उपायहरु अपनाएमा मात्रै कोरोना भाइरस विरुद्धको लडाई जित्न सकिने मुख्यमन्त्री केजरीवालले स्पष्ट पार्नुभएको छ ।
भारतको दिल्ली प्रदेशमा बिहीबार बेलुकासम्म ६६९ जना कोरोनाबाट सङ्क्रमितहरु भेटिएका छन् । भारतमा देशभरी पाँच हजार ८६५ जना सङ्क्रमित भएको र १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । अहिलेसम्मका कुल सङ्क्रमितमध्ये पाँच हजार २१८ जना अहिले पनि विरामी अवस्थामै रहेका छन् भने अन्य ४७८ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २७ चैत्र २०७६, २० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अरविन्द केजरीवालमाथि मुद्दा चलाउन केन्द्रले दियो अनुमति
तिहाड जेलबाट केजरीवाललाई सीबीआई हिरासतमा
केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि उच्चको रोक
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाइयो
केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार
केजरीवाललाई पिट्ने धम्कीसहितको म्यासेज लेख्ने युवक पक्राउ