पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

सोमबार, ०७ फागुन २०७४, १२ : ३०
पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै

काठमाडौं । एकताका लागि बाधक बनेको सैद्धान्तिक पक्ष लगभग टुंगिएको भन्दै पार्टी एकता संयोजन समितिको बैठक सोमबार बस्ने तयारी गरेको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अ्रध्यक्ष प्रचण्डबीच लगातार भएको ‘वान टु वान’ वार्ताबाट पार्टी एकताका लागि सहमतिको नजिक पुगेपछि एकता समितिमा छलफलमा लान लागिएको हो ।

तर माओवादी नेता नारायणकाजी श्रेष्ठले भने सबै कुरा हस्ताक्षर नभएसम्म  टुगिंयो भन्न नमिल्ने बताए ।

दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद र २१ औं सताव्दीको जनबाद बहसमा लैजाने, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड आलोपालो पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने, एकीकृत पार्टीमा ओली र प्रचण्डको समान हैसियतमा रहने र दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने बारेमा वान टु वान बैठकमा सहमति भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस