धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, १२ : १०
धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

रामेछाप । गोकुलगंगा गाउँपालिका-६ बस्ने विशाल तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा ईलाम नगरपालिका-८ बस्ने ३३ वर्षीय जयराम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

लिखुतामाकोशी गाउँपालिका-६ खिम्तिस्थित तामाकोशी जन-जाग्रिति माविको कम्पाउण्ड लगाउने क्रममा सामान्य विवादमा लिम्बुले तामाङलाई दाउ प्रहार गर्दा घाइते भएको प्रहरीले जनाएको छ ।   प्रहरी चौकी खिम्तिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते तामाङलाई खिम्ति मेडिकल हुँदै थप उपचारको लागि मन्थलीतर्फ पठाइएको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।