काठमाडौं । कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो लकडाउनका कारण होटल एवं रेष्टुरेन्ट पूर्ण रुपमा बन्द भएपछि काठमाडौंँ उपत्यकासहित देशैभरि दूध खपत घटेको हो ।
दूधको माग घटेपछि सबैभन्दा बढी मर्कामा किसान परेका छन् । निजी क्षेत्रअन्तर्गत सञ्चालित नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार काठमाडौँ उपत्यकामा साबिकको तुलनामा अहिले दूध तथा दुग्धजन्य पदार्थको खपत २० प्रतिशतभन्दा कम भएको छ ।
उहाँका अनुसार कोरोनाको प्रभावभन्दा अघि देशभर दैनिक ६२ लाख ५० हजार लिटर दूध किसानले उत्पादन गर्दै आएका थिए । किसानले उत्पादन गरेको दूधमध्येमा आधा आफैँले प्रयोग गरेर ३१ लाख ५० हजार लिटर बिक्री हँुदै आएको थियो । “बिक्री भएको दूधमध्ये काठमाडौँमा दैनिक रुपमा करीब चार लाख लिटर दूध खपत हँुदै आएको थियो तर कोरोना भाइरसको प्रभावपछि एक लाख ५० हजार लिटर मात्र खपत भएको छ”, उहाँले भन्नुभयो, “सरकारले अति आवश्यक वस्तुमा छुट दिने घोषणा गरे पनि हामीलाई प्रशासनले बेवास्ता ग¥यो ।”
संस्थाले संकलन गरेका दूध बजारमा पु¥याउन सहज वातावरण नभएको र खोलिएका पसल सबै बन्द भएपछि कसरी दूध पु¥याउने भनी उहाँले दुखेसो गर्नुभयो । काठमाडौँ उपत्यकामा खपत हुने दूधमध्ये निजी क्षेत्रको ६० र सरकारी स्वामित्वमा रहेको नेपाल दुग्ध संस्थान (डिडिसी) को ४० प्रतिशत दूध उपत्यकामा मात्रै खपत हुने गरेको थियो । डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेल किसान संघसंस्थाबाट नियमित रुपमा दूध संकलन भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार लकडाउनअघि काठमाडौँ उपत्यकामा दैनिक ८८ हजार लिटर दूध खपत हुँदै आएको थियो, लकडाउनको अवधिमा ७२ हजार लिटर दूध खपत भएको छ । काठमाडौँ बाहिर भने करीब १५ प्रतिशत खपत घटेको बताइएको छ ।
“दैनिक १० देखि १२ हजार लिटर दूध कम खपत भएको हो, खपत नभएका दूधलाई हामीले पाउडर बनाएका छौँ”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका दूध नियमित रुपमा घरमा प्रयोग गर्ने ग्राहकहरुले लिइरहनुभएको छ, लकडाउन भए पनि खासै प्रभव परेको छैन ।” उहाँका अनुसार बिक्री नभएको दूध प्रयोग गरी संस्थानले विराटनगर र पोखराबाट दैनिक पाउडर दूध बनाइरहेको छ ।
पोखरामा निजी डेरीसँग मिलेर दैनिक २५ हजार लिटर पाउडर दूध र विराटनगरमा आफ्नै डेरीबाट ५० देखि ६० हजार लिटर पाउडर बनाइएको छ । पछिल्लो ६ महिनासम्मका लागि पुग्ने पाउडर तयारी अवस्थामा छ ।
कृृषि विकास मन्त्रालयको तथ्यांकानुसार हाल नेपालमा दर्ता भएर सञ्चालनमा आएका दुग्ध उद्योग करीब ८० छन् । दर्ता भएका दुग्ध उद्योगमध्ये प्रशोधनसहित सुविधा भएको दश लाख लिटर क्षमताका चालीस, १० हजारदेखि ५० हजार लिटर क्षमताका ३५÷४० र १० हजार लिटरसम्म क्षमता भएका ४० जति रहेको उल्लेख छ । त्यस्तै डिडिसीका ८÷१० डेरी सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ चैत्र २०७६, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति