काठमाडौं । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न र सतर्कता अपनाउन भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार राति ९ बजे ९ मिनेटका लागि देशभरि बिजुली बन्द गरेर कोरोनाविरुद्ध शक्ति प्रदर्शन गर्न अपिल गरेका छन् ।
शुत्रबार बिहान भिडियो सन्देश जारी गर्दै उनले मोदीले ९ मिनेट बिजुली बन्द गरेर मैनवत्ती, दियो, टर्च या मोबाइलको लाइट बाल्दै एकताको सन्देश दिन आग्रह गरेका हुन् । यसबाट १ सय ३० करोड भारतीय जनता कोरोनालाई हराउन सक्षम रहेको सन्देश विश्वमा जाने मोदीको भनाई थियो ।
कोरोनाविरुद्ध भारत एकजुट रहको सन्देश विश्वलाई दिन यो आग्रहलाई स्वीकार गर्न पनि उनले अपिल गरे । यसअघि जनता कर्फ्यूका माध्यमबाट विश्वलाई भारतले सन्देश दिएको मोदीको भनाई थियो ।
कोरोनाको संक्रमण पछिल्लो समय भारतमा पनि हवात्तै बढदै गएको छ । भारतिय संचार माध्यमका अनुसार अहिले सम्म कोरोनाको चपेटामा परि ५० जनाले ज्यान गुमाइसकेका छन् भने २ हजार जना संक्रमित छनु ।
प्रतिक्रिया दिनुहोस