काठमाण्डौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लडाइ जित्न कोरोनाभाइरस सङ्क्रमण परीक्षण, पहिचान, ‘आईसोलेसन’ र ‘क्वारेनटाइन’मा जोड दिन आग्रह गर्नुभएको छ । भारतका मुख्यमन्त्रीहरूसँगको भिडियो बैठकका क्रममा बिहिवार उहाँले अझै केही हप्ता नागरिकको सुरक्षासँग विशेष सरोकार राख्ने यी काममा लाग्न आग्रह गर्नुभएको हो ।
केन्द्रीय सरकारले घोषणा गरेको ‘लकडाउन’लाई कार्यान्वयन गराउन प्रभावकारी भूमिका खेलेको भन्दै मुख्यमन्त्रीहरुलाई उहाँले धन्यवाद ज्ञापन समेत गर्नुभयो । ‘लकडाउन’का कारण कोरोना भइरस विरुद्धको लडाइमा सफलता मिलेको पनि बैठकमा उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्य अनुसार कोरोना विरुद्धको लडाईमा प्रदेशहरुले गरिरहेको कामको बारेमा उहाँले जानकारी लिनुभएको थियो । उनीहरुले गरेको सामूहिक सहकार्यको बारेमा प्रधानमन्त्री मोदीले विषेश चासो राख्नु भएको वक्तव्यमा जनाइएको छ । भिडियो बैठकमा अन्य देशहरुले गरिरहेको प्रयास र अभ्यासको बारेमा समीक्षा र चर्चा भएको थियो ।
बैठकमा प्रधानमन्त्री मोदीले जति सक्दो थोरै क्षति हुनेगरी कोरोना भाइरसको माहामारी नियन्त्रण गर्ने साझा उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अझै केही हप्ता हामीले कोरोना भाइरसबाट संक्रमित भएको शङ्का लागेकालाई परीक्षण गर्ने, पहिचान गर्ने ,आईसोलेसन र क्वारेनटाइनमा राख्नेतर्र्फ विशेष जोड दिनुपर्ने भएको छ ।”
प्रधानमन्त्री मोदीले अत्यावश्यक स्वास्थ्य सामाग्रीको उत्पादन, वितरण र उपलव्धतामा ख्याल गर्न पनि आग्रह गर्नुभएको छ । कोरोना भाइरसबाट सङ्क्रमितलाई उपचारको प्रर्याप्त व्यवस्था भएको सूनिश्चित गर्न पनि उहाँले जोड दिनुभयो । बैठकमा सहभागी मुख्यमन्त्रीहरूले नेतृत्वदायी भूमिका, निरन्तर मार्गनिर्देशन र कठिन समयमा विषेश सहयोग गरेको भन्दै प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरूसँग यसअधि गत मार्च २० तारिखमा पनि भिडियो बैठक गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० चैत्र २०७६, २१ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश
अमेरिकामा प्यालेस्टिनी राष्ट्रपति र मोदीबिच भेटवार्ता
ओली र मोदीबीच आज साँझ ‘साइडलाइन’ वार्ता
नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाइ
तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक वाराणसी जाँदै मोदी
मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने