निष्कर्ष विहिन वान टु वान

आइतबार, ०६ फागुन २०७४, १५ : ५९
निष्कर्ष विहिन वान टु वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको वार्ता सम्पन्न भएको छ ।

५ घण्टा लामो छलफलले पार्टी एकताको लागि अझै गृहकार्य नपुगेको भन्दै थप छलफल गर्ने निर्णय गरेको एक नेताले बताए ।

बैठकमा पार्टी एकता र मन्त्रीपरिषद्का बारेमा छलफल भएको थियो । पार्टी एकताको लागि बीचबीचमा दुई अध्यक्षबीच बसेर टुङ्गयाउने सहमति भएको छ । दुई पार्टीका अध्यक्षले पार्टी एकताको काम सकेपछि मात्र एकता संयोजन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ ।

बैठक अनिर्णयमा टुङगीएपछि आजै बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस