काठमाडौँ । नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ ।
घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका केही नेपाली नागरिक अझै पनि सीमापारि अलपत्र छन् भने कतिपय भारतीय नागरिक पनि भारत जान सिमानामा बसेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार जो जहाँ छन्, त्यहीँको सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
“त्यहीअनुसार नै सीमापार रहेकालाई भारत सरकारले हेर्ने र वारि रहेका भारतीयसमेतलाई नेपाल सरकारले व्यवस्थापन गर्ने उच्चस्तरीय सहमति भएको छ”, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले भन्नुभयो । उहाँका अनुसार माथिल्लो तहमा र स्थानीय तहमा कुराकानी भएको छ । यसअनुसार सीमापार रहेका नेपालीलाई भारत सरकारले व्यवस्था गर्ने र नेपालमा रहेका भारतीयलाई नेपाल सरकारले हेर्नेछ ।
घरभित्रै रहने र बाहिर ननिस्कने सरकारको कडा निर्देशनअनुसार दुवै देशका नागरिक घरभित्रै छन् । जथाभावी सीमा खुला गर्दा र नागरिक आवतजावतलाई बढावा दिँदा कोरोना सङ्क्रमणको जोखिम उच्च रहने भएकाले सीमा नखोल्ने र जहाँ छन् त्यहीँ व्यवस्थापन गर्ने रणनीति अपनाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । नेपालभित्र रहेकालाई शुक्रबारदेखि नै क्वारेन्टाइनमा राखिएको छ । पारि रहेकाको हकमा भारत सरकारले नै व्यवस्थापन गर्ने भनिए पनि हालसम्म नेपालकै तर्फबाट खानपानमा सहयोग भइरहेको छ ।गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने
किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य