काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत चैती छठको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सो भाइरसको जोखिम हुन नदिन सरकारद्वारा जारी गरिएको लकडाउनको अवस्थालाई मध्यनजर गर्दे आज हुने सो पूजा सार्जजनिक स्थल र पोखरीमा नमनाउन आग्रह गरेको हो ।
सो पर्वको पूजा सार्वजनिक स्थल र पोखरीमा नमनाउने आग्रहको पालनका लागि सक्रिय सहयोग र समन्वयका लागि सो कार्यालयले अनुरोध समेत गरेको छ ।
सन्तान प्राप्ति , निरोगिता , सुखसमृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतिकका रूपमा छठ पर्व कार्तिक र चैत महिनामा मनाइने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ चैत्र २०७६, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति