प्रदेश ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित

आइतबार, ०६ फागुन २०७४, १४ : ३३
प्रदेश ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित

बुटवल । प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।

संसदमा  उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ ।

संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे ।

उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए ।

प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस