प्रचण्ड बने संसदीय दलको नेता

आइतबार, ०६ फागुन २०७४, ११ : २१
प्रचण्ड बने संसदीय दलको नेता

माअ‍ोवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डलाई आज पार्टी संसदीय दलको नेता चुनेको छ ।
 योसँगै उनी अब माअ‍ोवादीभित्र प्रधानमन्त्रीका एक्ला दावेदार बनेका छन् ।

आज बिहान सिंहरवारस्थित दलको कार्यालयमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत चयन गरेको नेता अग्नी सापकोटाले जानकारी दिए ।

पार्टी एकतासँगै एमाले अध्यक्ष ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्ने अनौपचारिक सहमति जुटेको समाचार आएको थियो । तर, त्यसपछि पार्टी एकतामा थप प्रगति भएको छैन् ।

अध्यक्ष प्रचण्डले समानुपातिकबाट प्रतिनिधिसभाका लागि चयन भएका सांसदहरुलाई प्रमाण पत्र सहित बधाई पनि आजै दिएका थिए ।

प्रतिक्रिया दिनुहोस