देउवा सरकारले घोषणा गरेका निर्णय बदर हुन सक्ने

आइतबार, ०६ फागुन २०७४, १० : ५७
देउवा सरकारले घोषणा गरेका निर्णय बदर हुन सक्ने

काठमाण्डौ । एमाले र माओवादी सम्मिलित कार्यदलले चुनाव घोषणापछि शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेका अत्यवाश्यक बाहेकका सबै निर्णय एकमुष्ठ बदर गर्नुपर्ने सुझाव दिएको छ ।

पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।  कार्यदलले चुनाव घोषणायताका सबै क्याबिनेट निर्णय अध्ययन गरी मुलुकको लागि अत्याश्यक बाहेकका निर्णय बदर गर्न सुझाव दिएको छ । कार्यदलमा एमालेबाट भीम रावल, डा. विजय पौडेल र डा. युवराज खतिवडा सदस्य छन् भने माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र मीनवहादुर श्रेष्ठ सदस्य छन् ।

चुनाव घोषणापछि भएका राजनीतिक नियुक्ति, आर्थिक भार पर्ने निर्णयहरु एकमुष्ट बदर गर्न । यस हिसाव बृद्ध भत्ता बढाउने लगायतका निर्णयहरु पनि उल्टिन सक्ने सम्भावना छ ।

त्यसैगरी, वाम गठबन्धनको सरकारले सरकारी अस्पताललाई नै मेडिकल कलेज सञ्चालनको अनुमति दिने योजना अघि सार्ने भएको छ ।

कार्यदलले प्रत्येक प्रदेशमा एक एकवटा औद्योगिक क्षेत्र र प्रत्येक स्थानीय तहमा एक एकवटा बहुप्राबिधिक पोलिटेक्निक विद्यालय स्थापनाको काम तत्कालै गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै रेल्वे कनेक्टिभिटीका लागि चीनसँग वाम गठबन्धनको सरकारले सम्झौता गरिहाल्नुपर्ने सुझाव समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस