फेरि बरामद भयो दस लाख वटा सर्जिकल मास्क

सफल खबर संवाददाता

बुधबार, ०५ चैत्र २०७६, १४ : २६
फेरि बरामद भयो दस लाख वटा सर्जिकल मास्क

काठमाडौँ । मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले राजधानीको सानो भर्‍यााङबाट १० लाख वटा मास्क बरामद गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार मास्क बरामद गरेको हो । 

पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस