मास्कमा कालोबजारी गर्ने गिरोह सक्रिय: आठ जना पक्राउ, ७८ हजार मास्क बरामद

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, २० : २६
मास्कमा कालोबजारी गर्ने गिरोह सक्रिय: आठ जना पक्राउ, ७८ हजार मास्क बरामद

फाईल फोटो

काठमाडौँ । मुलुकमा कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेका बेला काठमाडौँमा मास्कमा कालोबजारी गर्ने गिरोहसक्रिय हुन थालेको छ  । उनीहरुले मास्क लुकाउने र चर्काे मूल्यमा बेच्ने गरेको खुसाला भएको छ । 

कालोबजारीको विशेष सूचना प्राप्त भएपछि केही दिनदेखि खोज अभियानमा लागेको काठमाडौँ प्रहरीले मास्क कालोबजारी गर्ने ८ जनालाई आज पक्राउ गर्न सफल भएको छ । उनीहरुबाट ७८ हजार मास्क बरामद समेत भएको छ । 
उनीहरुले पाँच रुपैयाँ पर्ने मास्कलाई ३१ रुपैयाँसम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । 

आज दिउँसो दुई बजेको समयमा विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खोजतलासमा प्रहरी टोली निस्किएको थियो । उनीहरुले काठमाडौँ महानगरपाकिला १५ डल्लु  आवसमा मिन्टु तामाङ्गले  सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरी फेस माक्स लुकाई छिपाई बढी मुल्यमा बिक्री बितरण भईरहेको अबस्थामा फेला पारेको थियो । 

उक्त स्थानमा गई छापामारी खानतलासी गर्दा ७८ हजार थान माक्स बरामद गर्नुका साथै सो कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरिएको बोगटीले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्ता स्वयंभू पठाईएको छ । 

प्रारम्भिक अनुसन्धानमा रु ५ भन्दा कम पर्ने माक्सलाई मुल्य रु ३१ कायम गरी बिक्री बितरण गर्ने गरेको देखिएको र निजहरुलाई कालोबजारी ऐन अन्र्तगत कारवाही हुने जनाइएको छ । 

प्रहरीले खाद्यान्य औषधीजन्य लगायतका चिजवस्तुहरुको कृतिम अभाव सृजना गर्ने, भण्डार गरी लुकाउने र कालोबजारी गर्ने गरेको सूचना भए प्रहरी कार्यालयमा जानकारी गराउन  महानगरीय प्रहरी परिसर काठमाडौँले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।  

यी हुन् मास्क कालोबजारी गर्नेहरु 
मस्क कालोबजारी गरेको आरोमपा पक्राउ पर्नेमा जिल्ला काभ्रे घर भई स्वयम्भु बस्ने मिन्टु तामाङ्ग, ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई हाल नागार्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने  थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की छन् । 
यस्तै नागार्जुन नगरपालिका वडा न. २ सानो भ¥याङ्ग बस्ने उज्वल अधिकारी, रामेछाप  घर भई हाल ललितपुर पाटन बस्ने बर्ष २४ को शिव खडका, काभ्रे घर भई स्वयम्भु बस्ने निशान  तामाङ्ग समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।