चितवन । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोबिड १९) को संक्रमण हुन नदिन भरतपुर महानगरपालिकाले आवश्क तयारीलाई तीब्रता दिएको छ ।
शुक्रबार भरतपुर महानगरपालिकामा आयोजित कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कोरोना भाइरसको सम्भावित संक्रमण हुन नदिन आवश्यक सम्पूर्ण तयारी थालिएको बताउनुभयो । प्रमुख दाहालले हालसम्म कोरनाको संक्रमण नदेखिएको अवस्था सुखद भएको भन्दै यसबाट जेगिन अपनाउनुपर्ने उपायहरू कडाइका साथ लागू गरिने र हुनसक्ने सम्भावित संक्रमणबाट जोगिन आइसोलेसन सेन्टरहरू स्थापना गरिने बताउनुभयो ।
प्रमुख दाहालले भरतपुर आस्पतालमा १९ सैयाको छुट्टै आइसोलेसन सेन्टर निर्माण गरिएको र अन्य निजी तथा सरकारी अस्पतालहरूमा पनि सोही बमोजिमको व्यवस्था गरी तयारी अवस्थामा रहन निर्देसन गरिएको बताउनुभयो ।
कोरनाको संक्रमण हुन नदिन भरतपुर महानगरपालिकाले बढी भिडभाड हुने मेला महोत्सव, वर्षिक उत्सवजस्ता कार्यक्रमहरूलाई रोक लगाइसकेको जानकारी गराउँदै आम नगरबासीलाई अनावश्क हिँडडुल नगर्न भिडभाडमा नजान प्रमुख दाहालले आग्रह गरेको बताउनुभयो । मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग र व्यक्तिगत सरसफाइलाई बिशेष जोड दिँदै जनचेतनामूलक गतिविधिहरु संचालन गरिरहेको उहाँको भनाई थियो ।
कोरोना भाइरस संक्रमणविरूद्द लड्नु सबैको सामूहिक दायित्व रहेको बताउँदै यसबाट आतंकित नभर्इ सम्यम भएर सावधानी अपनाउन प्रमुख दाहालले महानगरवासीहरूलाई आग्रह गर्नुभयो । हालसम्म कुनै संक्रमण देखिएको छैन यही अवस्थालाई कायम राख्दै अघि बढ्न सम्पूर्ण सरोकारवाला निकायलाई निर्देशन दिँदै प्रमुख दाहालले प्रतिकुल अवस्थाको सामना गर्न पनि आवश्यक तयारीका लागि महानगरपालिका पछाडि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, बीपी कोइराला मेमोरियल केयान्सर अस्पतालका कार्यकारी निर्देसक डा बिजय आचार्य, डा दयारम लम्साल, उद्योग संघका अध्यक्ष राजु पौडेललगायतले सम्भाबित कोरोना भाइरसको संक्रमणबाट जोगिन सबैले सामुहिक प्रयास गरेर अगाडि बढ्न आग्रह गरेका थिए।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले कोरोना भाइरसबाट जोगिन सजग भयर सामना गर्नुपर्ने बताउनुभयो । डा अधिकारिले यसको खास औषधी र उपचार बिधी ऐकिन नभइसकेको भन्दै यसलाई लाग्नै नदिने बिधीहरू अपनाउनुपर्ने बताउनुभयो । कोरोना भाइरसको लक्षणहरूका बारेमा जानकारी दिँदै यसबाट जोगिन नियमित ब्यक्तिगत सरसफाइ, नियमित स्वास्थ्य परीक्षण, भिडभाडमा ननिस्कने, मास्क तथा सेनिटाइजेसनको अनिवार्य प्रयोग जस्ता पूर्ब सजगताका बिधीहरू अवलम्बन गर्दै अगाडि बढ्न डा अधिकारिले आग्रह गर्नुभयो ।
नेपालमा हालसम्म कोरनाको संक्रमण नदेखिनु सुखद पक्ष भय पनि नेपाल उच्च जोखिम क्षेत्रमा पर्ने बिश्व स्वास्थ्य संगठनले ठहर गरेसँगै हामीले पनि सोही बमोजिम सम्भावित संक्रमणलाई रोक्न र नियन्त्रण गर्न आवस्यक तयारी गरी चुस्त अवस्थामा रहनुपर्ने बताउनुभयो ।
यसैबीच भरतपुर महानगरपालिकाले चैत्र ५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि महानगरपालिका भित्रका बिद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले बढी भिडभाड हुने मल, सिनेमा हलहरूलाइ केही समयका लागि बन्द गर्नुका साथै मेला महोत्सब ठूला सभा सम्मेलन, भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसको अवस्था हेरी अन्य आवश्यक निर्णयहरू लिँदै जाने महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०७६, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
कोरोनाको केपी भेरियन्ट : सङ्क्रामक तर कम घातक, दीर्घरोगीलाई सतर्कता अपनाउन आग्रह
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि
थप दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान् सङ्क्रमण