कोरोना भाइरसबाट भारतमा पहिलो मृत्यु, दिल्ली–हरियाणामा महामारी घोषणा

सफल खबर संवाददाता

शुक्रबार, ३० फागुन २०७६, ०८ : ३९
कोरोना भाइरसबाट भारतमा पहिलो मृत्यु, दिल्ली–हरियाणामा महामारी घोषणा

फाईल फोटो

काठमाडौं । भारतमा कारोनाभाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ । मृत्यु हुनेमा कर्नाटकका ७५ वर्षीय वृद्ध रहेको समाचारमा जनाइएको छ । 
बिहीबार उनको रिपोर्ट आएपछि कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको हो । 

भारतमा अहिलेसम्म ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने दिल्ली र हरियाणामा महामारी घोषणा गरिएको छ । 

दिल्लीमा ३१ मार्चसम्म सबै सिनेमा हल बन्द गर्न निर्देशन दिइएको छ भने स्कुल कलेज पनि बन्द गरिएको छ । सबै राज्यमा हेल्प लाइन नम्बर जारी गरिएको छ ।
यसैबीच प्रधानमनत्री नरेन्द्र मोदीले तत्काल कुनै पनि मन्त्री विदेश भ्रमणमा नजाने निर्णय गरेका छन् ।