कोरोनाबारे सबै डाक्टर नबनौँ : ग्याँस भण्डारण गरेर आफैँलाई जोखिम नबढाऔँ

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०७६, २० : १६
कोरोनाबारे सबै डाक्टर नबनौँ : ग्याँस भण्डारण गरेर आफैँलाई जोखिम नबढाऔँ

प्रतिकात्मक फोटो

काठमाडौँ । सरकारले कोरोनाको बारेमा बजारमा जथाभावी विषय उठाएर अफबाह फैलाइएको भन्दै त्यसतर्फ सतेन हुन सबैमा अपिल गरेको छ ।मुलधारका बाहेक विभिन्न अनलाईन युट्यूवहरुमा विभिन्न सन्दर्भ जोडेर सूचनाह बाहिर आइरहेको छ । त्यसैले जनमानसमा त्रास फैलिँदा उपभोग्य वस्तुहरु अनावश्यक रुपमा सञ्चय गर्ने क्रम बढेका बेला सरकारले उपभोग्य वस्तुमा कुनै समस्या नभएकाले बढी मौज्दात गर्न ेआवश्यक नभएकोबताइसकेको छ ।  

सरकराका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले भ्रम छर्नै गरी रोगको बारमो सबै डाक्टर नबन्न आग्रह गरेका छन् । उनले  भ्रममा परेर जथाभावी ग्याँस सञ्चय गर्दा आफेँलाई जोखमि हुने भन्दै त्यसो नगर्न समेत सुल्झाएका छन् । आज काठमाडौँमा सो विषयमा गम्भिर छलफलमा भएको छ । 
कोरोना रोगथामका लागि सरकारद्धारा गठित उच्च स्तरीय समितिले औषधी लायत अत्यवश्यक वस्तुको अबस्था के छ भनेर छलफल भएको थियो । छलफलमा व्यवसायीहरुले झण्डै ६ महिनालाई पुग्ने मौज्दात रहेको बताएका छन् । 

खासगरी बजारको आपुीर्तको अबसथ कस्तो छ भन्ने विषयमा छलफल भएको थियो । खाद्याह्न, औषधी, पेट्रोलिय पदार्थ र अत्यावश्यक बस्तुको स्टल कति छ भन्ने विषयमा छलफल भएको र औषधी जन्य वस्तुमा केही भारततले प्रतिबन्ध लगाएको सन्दर्भमा भारतसँग छलफल गरेर भन्सार विन्दुमा आएको वस्तु छुटाउने र दोस्रो कुटनीतिक तहमा वार्ता गरेर आवश्यकीय वस्तु अभाव हुन नदिन अनुरोध गरिएको छ । 

नेपाल भित्रैमा उत्पादन हुन सक्ने औषधिजन्य वस्नुतहरुको उत्पादनमा जोड दिने बैठकले निष्कर्ष पनि निकालेको छ । निजी क्षेत्रले अहिले अभाव देखिएको मास्कको उत्पादन बढाएकाले अब अभाव नहुने भएको छ ।  

“अस्वभाविक रुपमा औषधि लगायत खाद्यनन्न सञ्चय नगरौँ ग्याँसको सिलिण्डर घरघरमा जम्मा गरेर जोखमि नबढाऔँ, दक्षिणतर्फबाट आउने व्यापारमा कुनै अबरोध छैन, औषधी जन्य वस्तुमा भारतले केही निकासी प्रतिवन्त्रध लगाएको बाहेरक भारतबाट हुने आयात स्वभाविक ढङ्गले अघि बढिरहेको छ, चाहे त्यो औषधीजन्य वस्तु होस्, चाहे औद्योगिक कच्चापदार्थ होस्, चाहे त्यो उपभोग्वय वस्तुहोस् चाहे पेट्रोलियम पदार्थ हो ।”  बैठकपछि मन्त्री खतिवडाले भने ।

छलफलमा औषध व्यवसायी संघले ८० प्रतिशत सम्म औषधि स्वदेशमै उत्पादन गर्न सक्ने आवश्वासन दिएको छ । त्यसमा सरकारले आवश्यक सहयोग गर्न तयार रहेको मन्त्री खतिवडाले बताए ।

अफबाह फैलने गरी सूचना नदिऔँ 
सूचना सम्प्रेषण गर्दा सर्वसाधारणलाई त्रसित हुने गरी नगर्न समेत सरकराले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले स्तरीय मापदण्डको आधारमा प्रवाह गर्ने भएकाले त्यही सूचनालाई विश्वास गर्न भनिएको छ ।  “सबै डाक्टर नहोऔँ, हामी सबै जान्ने हुँदा स्थिति भयावह हुनसक्छ, संयमले काम गरौँ,” मन्त्री खविवडाले भने ।  विषयमा छलफल भएको छ । यसमा पनि सहकार्य गर्ने निजी क्षेत्रसँग समेत सहकार्य गर्ने सरकारले जनाएको छ । 

औषधी व्यवसायीले झण्डै चार देखि पाँच महिनासम्म औषधी पुने जानकारी दिएका छन् । तर खरिद गर्ने मान्छेले एक महिनाको औषधि चाहिनेमा चार महिनाको किन्दियो भने हिसाव नमिल्न सक्छ । सरकराले खाद्यह्न ६ महिनाका लागि पुने स्टक रहेको  पेट्रोलियम पदार्थ तीन महिनालाई पुने अबस्था रहेको बताएको छ।  

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले  उद्योग वाणिज्य तथा आपूति मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट रोकिएको औषधीको विषयमा पत्राचार गरिसकेको जानकारी प्राप्त भएको बताए  । उनले  विमानस्थलबाट आउने र जाने व्यक्तिहरुको पनि परीक्षण जरुरी रहेको बताए । नेपालबाट विदेश जाने सबै स्वस्थ छौँ भन्ने सन्देश दिन जरुरी रहेको उनको भनाई थियो ।

कोरोनाका बारमो मनगणन्ते प्रचारप्रसार गरेको कुरा मिडियामा आउने अबस्था रोक्न व्यवसायीले आग्रह गरेका छन् ।  नेपाली औषधी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मृगेन्द्र श्रेष्ठले औषधीमा कालोबजारी नहुने प्रतिबद्धता जनाए ।