महिलालाई सेनेटरी प्याड वितरण

सफल खबर संवाददाता

सोमबार, २६ फागुन २०७६, १४ : ४७
महिलालाई सेनेटरी प्याड वितरण

चितवन । कालिका नगरपालिका वडा नं. ९ शक्तिखोरमा सेनेटरी प्याड निःशुल्क वितरण गरिएको छ । 

शक्तिखोर, सिद्धि र काउलेका ६० जना युवती तथा महिलाहरुको सहभागिता रहेको कार्यक्रम सामुदायिक सहयोग केन्द्र सौराहाको स्थानीय संयोजन तथा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरको सहयोगमा सो कार्यक्रम भएको थियो । 

“महिनावारी र सो समयमा अपनाउनुपर्ने सजगता” को विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । १ सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आयोजित कार्यक्रममा लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरले आफ्नो व्यवसायिक, सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्यक्रममा विशेष सहयोग गरेको थियो । 

कार्यक्रममा संचारिका समूह चितवनकी अध्यक्ष तथा पत्रकार अजिता अधिकारीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । अध्यक्ष अधिकारीले महिलाहरुको महिनावारी प्राकृतिक प्रक्रिया भएको भन्दै स्वस्थ जीवनयापनको लागि महिलाहरुले “मेरो स्वास्थ्य मेरो अधिकार” लाई विशेष जोड दिनुपर्ने बताउनुभयो । 

लाइम एण्ड लेमन लाउन्ज क्याफे भरतपुरकी संचालक प्रभा बरालले आफू लामो समय वैदेशिक रोजगारीमा देश बाहिर रहनु बाध्यात्मक अवस्था रहेको भन्दै आफूले जानेको सीप र क्षमताको प्रयोग गर्दै महिलाहरु अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र सौराहाका कार्यालय प्रवन्धक दिपेन्द्र खरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस