सवारी चालकलाई मास्क निःशुल्क वितरण

सफल खबर संवाददाता

सोमबार, २६ फागुन २०७६, १४ : ३६
सवारी चालकलाई मास्क निःशुल्क वितरण

चितवन । कोरोना भाईरस संक्रमणबाट बच्नको लागि सचेतानामूलक कार्यक्रम अन्तर्गत सोमबार चितवनको भरतपुरमा सार्वजनिक सवारी साधनका चालकहरुलाई मास्क निःशुल्क वितरण गरिएको छ ।

वे ग्रुप भरतपुरको आयोजना एवं जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वडा प्रहरी कार्यालय नारायणगढको सहकार्यमा दुई सय जना चालकलाई मास्क वितरण गरिएको हो ।

समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत मास्क निःशुल्करुपमा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस