पाल्पामा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

सफल खबर संवाददाता

शुक्रबार, २३ फागुन २०७६, १३ : १५
पाल्पामा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

बुटवल । सिदार्थ राजमार्ग अन्र्तगत पाल्पाको तानसने ७ लामीडांडामा  ट्रिप्परकोले मोटरसाईकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ  । 

एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अुनसार तानसेनदेखी बुटवल आउदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आउदै गरेको लु २ ख . ३१ ७८ नम्बरको टिप्परले ठक्कर दिदाँ मोटरसाईलमा सवार तानसेन नगरपालिका बार्ड ७ कि ५५ बर्षिय मधु श्रेष्ठको मृत्यु भएको छ । 

उनका श्रीमान् हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाईते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भईरहेको छ । प्रहरीले ठककर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस