सैदान्तिक असहमतिले भाडियो एमाले माओवादी एकता, ६० र ४० चुनावको लागी मात्र हो : माओवादी

शुक्रबार, ०४ फागुन २०७४, १३ : ३२
सैदान्तिक असहमतिले भाडियो एमाले माओवादी एकता,

                ६० र ४० चुनावको लागी मात्र हो : माओवादी

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त के बनाउने भन्नेमा एमाले र माओवादी नेताहरुबीच फरक–फरक धारणा आएपछि सहमति नजिक पुगेको भनिएको एमाले–माओवादी एकता र शक्तिको बाँडफाँडको विषय ‘नाटकीय’ रुपमा भाँडिएको छ ।
यस विषयमा प्रचण्ड निवासमा माओवादीका नेताहरुवीच अनौपचारिक कुराकानी भएको छ ।
यस्तो कुराकानीमा सहभागी माओवादीका एक नेताका अनुसार एमालले वैचारिक रुपमा धेरै दवाव दिएपछि एकताको विषयमा ‘ब्रेक’ लागेको हो ।
माओवादीको समर्थनमा हिजो केपी ओली प्रधानमन्त्री भए । सानो आकारको मन्त्रिमण्डल पनि बनाए । तर, सरकारमा माओवादी सहभागी भएन ।
एमाले नेताहरुले ‘जनताको बहुदलीय जनवाद’ लाई एकीकृत पार्टीको मार्ग निर्देशक सिद्धान्त स्वीकार गर्नुपर्ने अडान लिएका छन्।् ।
जवकि माओवादी नेताहरुले ‘२१औं शताब्दीको जनवाद’ लाई स्वीकारेर जानुपर्ने अडानमा छ ।  दुई पार्टीका नेताहरुबीच देखिएको यो सैद्धान्तिम मतभेद पार्टी एकता र सरकार गठनसम्ममा देखिएको छ ।  माओवादी नेताहरु एमालले वैचारिक दवाव बनाएको बुझाईमा देखिएका छन् ।
चुनावी तालमेलमा ६० र ४० प्रतिशत सीट ल्याएर एमाले र माओवादवीच गठबन्धन भएको थियो । तर, माओवादी नेताहरुले पार्टी एकतामा चाहिँ ‘फिप्टी–फिप्टी’ अर्थात आधा–आधाकै सूत्रमा अगाडि बढने निश्कर्ष निकालेका छन्।् ।
‘चुनावी गठबन्धन बनाउदा हामीले ६० र ४० वा ७० र ३० का कुरा गरेका हौँ । पार्टी एकतामा यही सूत्रले काम गर्दैन । हरेक कुरामा आधा–आधा हुन्छ ।’ अनौपचारिक कुराकानीमा प्रचण्डले बताएको माओवादीका एक नेताले सुनाए । प्रधानमन्त्रीको कार्यकाल, पार्टी अध्यक्षको जिम्मेवारीदेखि अन्य सवै शक्तिमा आधा–आधाको हिस्सामा मात्र सहमति जुटने ती नेताको दावी छ ।
त्यसैबीच आफु नजिकका नेताहरुसँगको छलफलमा प्रचण्डले ढिलोचाँडो एकताका विषयमा कुरा मिल्ने बताएका छन् । ‘अहिलेको राजनीतिक शक्ति सन्तुलनमा एमालेले चाहेर पनि एक्लै अगाडि जान सक्दैन । मलाई लाग्छ ढिलोचाँडो कुरा मिल्छ ।’ प्रचण्डको भनाई उद्धृत गर्दै अनौपचारिक छलफलमा बसेका एक नेताले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस