काठमाडौं । विद्युत विकास विभागले ३ हजार ४ सय ४४ मेगावाटका १ सय २७ आयोजनाको लाइसेन्स रद्द गरेको छ । जलविद्युत आयोजनाको सर्वेक्षण र उत्पादन अनुमति लिएर अगाडि नबढाई लाइसेन्स होल्ड गरेका आयोजनाको अनुमति पत्र रद्द गरिएको हो ।
विभागले समयमा नवीकरण नगरेका तथा लाइसेन्स लिएर होल्ड गरेर बसेका १ सय २७ आयोजनाको अनुमतिपत्र रद्द गरेको हो । विद्युत ऐन २०४९ को दफा ८ को अनुमतिपत्र खारेज गर्न सकिने व्यवस्थालाई प्रयोग गर्दै यी आयोजनाको अनुमति रद्द गरिएको हो । नियमविपरीत कुनै काम गरेमा र उपदफा २ को १ मा तोकिएको अवधिभित्र अनुमतिपत्र प्राप्त व्यक्तिले आवश्यक सुधार नगरेमा तोकिएको अधिकारीले अनुमतिपत्र खारेज गर्न सक्ने ऐनमा उल्लेख छ ।
ऐनको दफा १० मा अनुमतिपत्रमा तोकिएको अवधि समाप्त भएपछि विद्युत उत्पादन केन्द्र वा प्रसारण तथा वितरण लाइनसँग सम्बन्धित सम्पूर्ण संरचना नेपाल सरकारको स्वामित्वमा हुने उल्लेख छ । रद्दसँगै यी आयोजना अब सरकारको अधीनमा रहनेछन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विद्युत विकास विभागले ५०० मेगावाट क्षमताका सोलार आयोजनालाई दियो सर्भे लाइसेन्स