जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.को नर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, २० : ११
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.को नर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा यही फाल्गुुण १५ गते देखि १७ गतेसम्म ३ दिन आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरेको  छ ।

उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत तालिम प्रदान गरिएको थियो ।

सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिएको थियो । ३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलतापुर्बक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस