काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'सरकार' भनेर सम्बोधन गरिएको छ । भारत भ्रमण सकेर आइतबार नेपाल फर्किएका शाह दम्पतीको विमानस्थलमा शरीरको तापक्रम जाँच गर्ने क्रममा त्यहा कार्यरत कर्मचारीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सरकार ट्याम्पेचर चेक गरौं भनी सोधका हुन् ।
त्यसपछि पूर्व राजा मुस्कुराउँदै तापमान लिन बसेका कर्मचारीतर्फ फर्कन्छन् अनि कर्मचारीले पूर्व राजाको तापमान लिन्छन् र जान दिन्छन् । त्यसपछि पूर्व राजाको पछिपछि आइरहेकी पूर्व रानी कोमलसहित सबै सदस्यको पनि शरीरको तापमान लिइएको भिडियोमा देखिएको छ ।
विमान स्थलकै कर्मचारीले खिचेको भिडियोमा यी सबै घटनाक्रम प्रष्ट देखिएको छ । शाह दम्पतीको शरीरको तापमान नाप्दै गरेको भिडियो नेपाल वायुसेवा निगमका अध्यक्ष केदारबहादुर अधिकारीले आफ्नो ट्वीटमा पोष्ट गर्नु भएको हो । सम्भावित कोरोना भाइरसको संक्रमण जोखिमलाई ध्यानमा राख्दै नेपालले आइतबारबाट नेपाल आउने सबै हवाईयात्रु माथि विमान स्थलमा निगरानी सुरु गरेको हो ।
शनिबार सरोकारवाला निकायहरुसँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नेपाल नभित्रियोस भनेर सतर्कता अप्नाउन निर्देशन दिए बमोजिम आइतबारबाट नेपाल आउने हवाइ यात्रुको तापक्रम नाप्न थालिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०७६, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादी आन्दोलनको कमाण्डर फेर्ने तयारीमा पूर्व राजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन