महोत्तरी । महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्बर ३ मा अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय ६१ वर्षीय सौर्यप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
डीएसपी बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली यादवको छातीमुनि लागेको छ । घाइते यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थलकबाट चाइनिज पेस्तोलकाे दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको छ ।
ज्वाईँ पक्राउ
गोली प्रहार गरेको आरोपमा गोली लागेर घाइते भएका व्यक्तिका ज्वाईँलाई प्रहरीले पक्राउ गरेको छ । ज्वाईँमाथि शंका लागेकोले पक्राउ गरेर अनुसन्धान सुरु गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाएका छन् ।
आइतबार बिहान शौचालय जान घरबाट निस्केको बेला मनरासिसवा नगरपालिका वडा नम्बर ३ का सहदेवप्रसाद यादव माथि गोली प्रहार भएको हो । घाइतेका ज्वाईँ औरही नगरपालिका–१ बस्ने सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको हो । रिटायर्ड शिक्षक रहेका ससुरासँग पाँचद्ध लाख रुपैयाँ मागेको र नदिँदा पटक–पटक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०७६, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पमाथिको गोली प्रहारले राष्ट्रपति निर्वाचनको माहोल परिवर्तन हुदै
ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु
मोरङमा गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ, प्रहरी समेत घाइते
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा
दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार