प्रधानमन्त्री ओलीद्धारा पद तथा गोपनियताको शपथ

विहीबार, ०३ फागुन २०७४, १७ : २१
प्रधानमन्त्री ओलीद्धारा पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका हुन् । ओलीले  जनताको नाममा सपथ लिएका थिए ।

शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत अन्य उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो । भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

 प्रधानमन्त्रीले आज नै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेका छन् । पण्डितलाई जनसंख्या तथा वातावरण र थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस